Logo

करिव साढे ६अंकले ओरालो लाग्यो नेप्से, ५२ करोडमा खुम्चियो कारोबार

करिव साढे ६अंकले ओरालो लाग्यो नेप्से, ५२ करोडमा खुम्चियो कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक ६ दशमलब ४० अंकले ओरालो लागेको छ । सो दिन नेप्से परिसुचक १६ सय ११ दशमलब ५७ अंकमा झरेर बन्द भएको हो ।

सोमबार कारोबारमा आएका अधिकांश समुह ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ७५ दशमलब ९५ अंकले घटेको छ ।

त्यस्तै उत्पादन १८ दशमलब ३९,विकास बैंक ९ दशमलब ७८ बैंकिङ समुुह ४ दशमलब ४३, जलविद्युत ३ दशमलब ८७, होटल ३ दशमलब २६ र फाइनान्स समुहको परिसुचक ० दशमलब ६५ अंकले ओरालो लागेको छ । यता अन्य समुहको परिसुचक भने ० दशमलब ५७ अंकले बढेको छ ।

सोमबार प्राइम लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सो दिन १ सय ५४ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको २६ लाख कित्ता सेयरबाट ५२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ

प्रतिक्रिया दिनुहोस्
MBL