Logo

भदौं १३ गतेदेखि नाडा अटो शो, ९० वटा कम्पनीको सहभागिता

भदौं १३ गतेदेखि नाडा अटो शो, ९० वटा कम्पनीको सहभागिता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भदौं १३ गतेदेखि नाडा अटो शो २०१७ को १२ औं संस्करण शुरु हुने भएको छ । यहि भदौं १३ देखि १८ गतेसम्म भृकुटी मण्डपमा नाडा अटो शोको आयोजना गरिने नाडाका अध्यक्ष तथा प्रदर्शनीको सल्लाहकार अञ्जन श्रेष्ठले जानकारी दिए । यस पटकको अटो शोको मुख्य प्रायोजनकमा सर्भो वलर््ड क्लास लुब्रिकेन्ट्स रहेको छ ।

यस वर्षको मेलामा अटो शोमा १ सय ३० वटा स्टलहरू रहने छन् । जसमा ९० वटा संस्थाहरूको सहभागिता जनाउनले छन् । सो प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका २ पाङग्रे तथा ६ वटा ब्राण्डका हेवी कमर्शियल सवारीसाधनहरू समेत रहने छन् ।
अटो शोको प्रवेश टिकटमा बम्पर उपहार स्वरुप आईएमई अटोमोटिभ्सले युमको रेनिगेट कमाण्डो २३० सीसीको मोटरसाइलक उपलब्ध गराएको छ । ६ दिन सम्म चल्ने उक्त नाडा अटो शोमा ५० हजारभन्दा बढी अवलोकनकर्ता आउने आपेक्षा गरेको छ ।

नाडाले यस बर्षको अटो शोलाई अझ भव्य र प्रभावकारी बनाउने मह जोडीलाई बौण्ड एम्बेष्डर बनाएको छ । प्रदर्शनीमा विभिन्न ब्राण्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्रि तथा अन्य एशोसेरिजहरू रहनेछने । साथै बैंक वित्तीय संस्था तथा इन्स्योरेन्स समेतको सहभागिता रहनेछ आयोजकले जानकारी दिएको छ ।

नाडाले यस पटकको मेलाबाट भएको आम्दानीबाट बाढीपहिरोबाट पीडित जनताको राहतको लागि ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL