Logo

ओप्पोको ‘एफथ्री एफसी बार्सिलोना एडिशन’ आउँदै, बजार मूल्य ३५ हजार

ओप्पोको ‘एफथ्री एफसी बार्सिलोना एडिशन’ आउँदै, बजार मूल्य ३५ हजार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोबाइल निर्माता कम्पनी ओप्पोले एफथ्री मोडल अन्तर्गत ‘एफसी बार्सिलोना’ लिमिटेड एडिशन सार्वजनिक गर्ने घोषणा गरेको छ । मिड रेञ्ज बजार लक्षित अत्याधुनिक प्रविधि, नयाँ फिचर्सका साथै आकर्षक स्पोर्टी लुक्सको मोबाइल बजारमा ल्याउन लागिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले सो मोबाइलको बजार मूल्य ३४ हजार ९ सय ९० निर्धारण गरेको छ । डुवल फ्रण्ट क्यामेरा सहितको १६ मेगापिक्सेलको उक्त सेल्फी फोनमा सामुहिक सेल्फीका लागि वाइड एंगल लेन्सको ब्यवस्था गरिएको छ ।

सुस्पष्ट, चहकिलो रातो मेटल बडी सहितको फोनमा रातो र सुनौलो रंगको संयुक्त प्रयोगले एफसी बार्सिलोनाको बिम्ब दिनुका साथै जीवन्त यूवा फेशनको प्रतिनिधित्व समेत गर्ने कम्पनीको दाबी छ । केही समय अगाडी मात्रै सार्वजनिक गरिएको ओप्पो एफथ्री कै ‘ब्ल्याक लिमिटेड एडिशन’को सफलता पछि ल्याउन लागेको दोस्रो लिमिटेड एडिशन हो ।

सो फोनमा गोल्ड प्लेटेड ब्याण्ड्स र एफसी बार्सिलोना लोगोलाई सुहाउने गरी ‘बार्सा रेड’लाई मुख्य रंगका रुपमा प्रयोग गरिएको छ । रातो र सुनौलो रंगको आकर्षक सम्मिश्रणले फोनलाई फेसेनेबल तथा आकर्षक लुक्स प्रदान गरेको छ ।

उपभोक्ताका आवश्यता र चाहना अनुरुपका उत्पादन उपलब्ध गराइ तिनलाई पूर्ण सन्तुष्टि प्रदान गर्ने आफ्नो प्रतिबद्धता अनुरुप नयाँ लिमिटेड एडिशन नेपाली बजारमा भ्यिाउन लागिएको कम्पनीले जानकारी दिएको छ । ओप्पो एफथ्री अन्तर्गतको एफसी बार्सिलोना लिमिटेड एडिशन भदौ ३ देखि देशभरका प्रमुख बिक्रीकेन्द्रहरु मार्फत उपलब्ध हुनेछ ।

नेपालमा भित्रिएको छोटो समयमै उपभोक्ताले रुचाएका कारण एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिशनको घोषणा गरेको ओप्पोको प्रमुख कार्यकारी अधिकृत जोनी जीले बताए । ‘उपभोक्ताको माया र सहयोगले नै हामीलाई आज नेपाली स्मार्टफोन बजारमा एक प्रमुख स्मार्टफोन ब्राण्डका रुपमा स्थापित गरेको छ,’ उनले भने । साथै उपभोक्ताको सन्तुष्टि, तिनको माग र आवश्यकता आफ्ना लागि प्रमुख प्राथमिकताका विषय भएको प्रमुख कार्यकारी अधिकृत जोनी जीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL