Logo

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो, बिहीबारदेखि लागू

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो, बिहीबारदेखि लागू


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बृद्धि गरेको छ । बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बृद्धि गरेको डीडीसीका महाप्रबन्धक गंगा तिमलसिनाले बताए ।

उनका अनुसार दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ । कृषि मन्त्रालयद्वारा गठित मूल्य निर्धारण समितिले सिफारिस गरे अनुरुप दूधको मूल्य बढाउने निर्णय गरिएको उनले जानकारी दिए । ‘हामीले किसानसँग खरिद गर्दा प्रतिलिटर ४ रुपैयाँ १५ पैसा बढाएका छौं,’ उनले भने, ‘सोही अनुरुप बिक्री मूल्यमा पनि बृद्धि गरेका हौं ।’

यस अघि प्रतिलिटर ६४ रुपैयाँमा पाइएको डीडीसीको दूधको मूल्य अब ७० रुपैयाँ पर्नेछ । डीडीसीले दूधको मूल्य बृद्धि गरेपनि दहीको मूल्य भने यथावत राखेको छ । तत्कालका लागि दहीको मूल्य बृद्धि नगरिने समेत तिमलसिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL