Logo

पीएलओ लुब्रिकेन्टस्को डिलर मीट बैंककमा, ६० डिलर सहभागी

पीएलओ लुब्रिकेन्टस्को डिलर मीट बैंककमा, ६० डिलर सहभागी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्वाञ्चल ल्यूव आयल (पीएलओ)ले यसपटक नेपाल भरका डिलरहरुको मीट (सम्मेलन) थाइल्याण्डमा गर्ने भएको छ । उक्त सम्मेलनका लागि पीएलओका ६० डिलर र २० जना कर्मचारी सहित ८० जनाको टोली शनिबार बैंकक प्रस्थान गरेको हो ।

साउन १५ गतेबाट १९ गतेसम्म ५ दिन चल्ने सो डिलर्स मीटसँगै थाइल्याण्डका विभिन्न शहरको अवलोकन गर्ने कार्यक्रम रहेको पीएलओ लुब्रिकेन्टसका निर्देशक कृष्णप्रसाद दुलालले जानकारी दिए । पीएलओ, मेगा, स्टार लुब्रिकेन्टसको उत्पादन तथा वितरण गर्दै आएको पूर्वान्चल ल्यूब आयलले आफू नेपाली उत्पादनमध्ये पहिलो नम्बरमा रहेको दाबी गर्दै आएको छ ।
उच्च बजार हिस्सा ओगट्ने गरी प्रवद्र्धनमा जुटिरहेको पीएलओले केही समयभित्रै स्वदेशी उत्पादनको ४० प्रतिशत हिस्सा आफू मातहत रहने दाबी कम्पनीको छ ।

यसअघि पीएलओले आफ्ना उत्कृष्ट डिलरलाई सिंगापुर, मलेसिया, थाइल्याण्ड र इन्डोनेसियाको भ्रमण गराइसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL