Logo

सामसुङको दशै योजना, स्मार्ट फोन खरिदमा विदेश घुम्ने मौका

सामसुङको दशै योजना, स्मार्ट फोन खरिदमा विदेश घुम्ने मौका


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ भन्ने योजना ल्याएको छ । सो योजनामा सहभागी हुन सामसुङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नु पर्नेछ ।

आफूले खरिद गरेकै आउटलेटबाट फारम लिनु पर्ने छ र उक्त फारममा आवश्यक विवरण भरी ‘बिदेशमा कसलाई र किन भेट्न चाहनुहुन्छ’ भन्ने आफ्नो मनको भावना पोखी आफ्नो कथा लेख्नुपर्दछ । साथै कथा लेख्दा दिइएको स्थानमा नअटाएमा अतिरिक्त १ पाना थप्न सकिने छ । यसरी आवश्यक विवरण र कथा लेखि सकेपछि योजना अवधिभित्र सोही स्थानमा राखिएको ड्रप बक्समा खसाल्नु पर्दछ ।

प्राप्त भएका कथाहरु मध्येबाट छनौट गरी उत्कृष्ट ५ कथाले विदेश घुम्ने मौका पाउनेछन् । जस अन्तरगत ४ दिन ३ रातको ः मलेसिया, कतार, साउदी अरेबिया, युएइवा दक्षिण कोरियामा गई आफ्ना सँगसँगै दशैंमनाउने अवसर प्राप्त गर्नेछन् । विजयीले आफूसँगै बिदेश यात्रामा परिवारका एक सदस्यलाई पनि लैजान पाउनेछन् ।

योजना यही साउन ८ गतेदेखि साउन ३० गतेसम्म मात्र लागू हुने कम्नपीले जानकारी दिएको छ । योजना समाप्त भएको ७ दिन पछि अर्थात् भदौ ५ गते नजिता प्रकाशित गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL