Logo

आइतबार सामान्य ओरालो लाग्यो नेप्से, कारोबार रकम १ अर्ब माथी

आइतबार सामान्य ओरालो लाग्यो नेप्से, कारोबार रकम १ अर्ब माथी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतबार नेप्से परिसुचक ० दशमलब १९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय ३५ दशमलब ५६ अंकमा झरेर बन्द भएको हो ।

आइतबार सेयर बजारमा सबैभन्दा बढी प्रभाब रहेको बैंकिङ समुहको परिसुचक १४ दशमलब ३६ अंकले ओरालो लागेको छ । त्यस्तै फाइनान्स समुह ४ दशमलब ९८, जलबिद्युत २ दशमलब ११ र अन्य समुहको परिसुचक ० दशमलब ८७ अंकले घटेको हो ।

आइतबार बीमा समुहको परिसुचक भने २७५ दशमलब ४४अंकले बढेको छ । त्यस्तै उत्पादन १६ दशमलब ९१, होटल ४ दशमलब ३४ र विकास बैंक समुहको परिसुचक १ दशमलब ५६ अंकले बढेको छ ।

सो दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार १ सय ५१ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १५ लाख ४१ हजार कित्ता सेयरबाट १ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL