Logo

दोस्रो ‘जिम्मेवार व्यवसाय सम्मेलन’ साउन तेस्रो साता, प्रतिष्ठित व्यवसायीको जमघट

दोस्रो ‘जिम्मेवार व्यवसाय सम्मेलन’ साउन तेस्रो साता, प्रतिष्ठित व्यवसायीको जमघट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दोस्रो ‘जिम्मेवार व्यवसाय सम्मेलन’ यही साउन तेस्रो साता हुने भएको छ । नेपालमा संस्थागत सामाजिक उत्तरदायित्व र असल व्यवसायिक अभ्यासको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप राष्ट्रिय व्यवसायिक पहलले साउन १९ र २० गते दोश्रो जिम्मेवार व्यवसाय सम्मेलनको आयोजना गर्न लागेको हो ।

एनबीआईले त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको सहकार्यमा यस सम्मेलनको गर्न लागेको हो । नेपाली व्यवसायिक जगतमा व्यवसायिक सामाजिक उत्तरदायित्व र जिम्मेवार व्यवसाय संचालनको नारा सहित सो सम्मेलन आयोजना गर्न लागिएको राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्यम ज्योतिले बताए ।

दुई दिने यस सम्मेलनमा १६ विभिन्न सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरुले नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिहरुको विषयमा जानकारी गराउने ज्योतिले जानकारी दिए । यस सम्मेलनले व्यवसायिक सामाजिक उत्तरदायित्व सम्बन्धि नयाँ कानूनको कार्यान्वयन गर्न पनि सहयोग पुग्ने आयोजकको दाबी छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने सो सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय बक्ताहरुले क्षेत्रगत व्यवसायको वारेमा जानकारी दिनेछन् । विभिन्न ४ वटा क्षेत्रमा छलफल हुने सो सम्मेलनमा व्यवसाय सञ्चालनलाई संस्थागत एवं पद्धतिबद्ध गर्न ‘आन्तरिक व्यवसायिक अभ्यास’, व्यवसायका निकटतम सरोकारवालाहरुको आवश्यकताको व्यवस्थापन गर्न ‘सरोकारावाला परिचालन’, व्यवसायिक वातावरण सुधार गर्न ‘सबल साझेदारी’ र भविष्यका लागि जिम्मेवार व्यवसाय प्रवद्र्धनको खाका तयार गर्न ‘प्राध्यापन तथा नियमन’ को बारेमा जानकारी गराइने छ ।

कार्यक्रमको प्रत्येक सत्रमा एक प्रखर अन्तरराष्ट्रिय वक्ता र एक नेपाली कम्पनीको अनुभव सहित दुई नेपाली वक्ताहरु रहनेछन् । साथै प्रत्येक सत्रलाई नेपालका प्रतिष्ष्ठित उद्योगी व्यवसायी वा सत्रसंग सम्बन्धित प्रख्यात व्यक्तिहरुले अध्यक्षता गरी सञ्चालन गर्नेछन् । कार्यक्रममा विभिन्न क्षेत्रका ५ सय जनाले उद्योगी व्यवसायीले सहभागी जनाउने कार्यक्रमका संयोजक दिपक मलहोत्राले जानकारी दिए ।

सम्मेलनमा सहभागि हुने अन्तरराष्ट्रिय वक्ताहरुमा भुटान उर्जा कर्पाेरेशन लिमिटेडका व्यवस्थापकीय निर्देशक जिम छिरिंग, संयुक्त राष्ट्र संघ अन्तर्गत ग्लोबल कम्प्याक्ट एशिया प्रमुख मेंग लुई, भारतीय कर्पाेरेट मामिला संस्थानको संस्थागत साझेदारी एवं सञ्चार प्रमुख अतुल देव शर्मा, सोल एनालाइटिक्सका संस्थापक एवं नोकिया कर्पाेरेशनका मध्य पूर्व क्षेत्रका पूर्व बजार प्रबन्धक सुधिर नायर, सिंगापुर राष्ट्रिय विश्वविद्यालयका उपाध्यक्ष डा सिराम रामाकृष्ण र विश्व विश्वविद्यालय संघका पूर्वअध्यक्ष प्राडा ड्जुल लगायत रहेका छन् ।
राष्ट्रिय वक्ताहरुमा विभिन्न नविनतम साना तथा मझौला उद्योग व्यवसाय सहित औद्योगिक व्यवसायिक समूहहरुमा ज्योति समूह, वैद्य समूह, पञ्चकन्या समूह, गोल्छा समूह, नेपाल उद्योग वाणिज्य महासंघ आदि छन् ।
त्यसैगरी सरकारी निकायतर्फबाट उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल विद्युत प्राधिकरण रहेका छन् भने नागरिक समाज तर्फ श्रम संगठन, वातावरण अधिकारकर्मी, युवा अधिकारकर्मी, सुशासन अधिकारकर्मी लगायत रहेका छन् ।
सम्मेलनको मुख्य प्रायोजकहरुमा एनसेल, ज्योति समूह–होन्डा, सामसुङ, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल इकरात इन्जिनियरिंग प्रा लि र वल्र्डलिंक रहेका छन् ।
त्यसैगरी विभिन्न सत्रहरुको प्रायोजकमा प्रभु बैंक, मनकामना दर्शन प्रा लि, नेपाल आयल निगम, मोबाईल विक्रि संघ, शिखर इन्सुरेन्स, हिमाल पावल लि र सिम टिभि प्रा लि रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL