Logo

नेपाली जुत्ता घरको समर सेल मेला शुरु, ७० प्रतिशतसम्म छुट

नेपाली जुत्ता घरको समर सेल मेला शुरु, ७० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा समर सेल मेला २०७४ शुरु भएको छ । उपभोक्तालाई सर्वसुलभ मूल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागि मेला आयोजना गरिएको जुत्ता घरले जानकारी दिएको छ । नेपाली जुत्ता घरमा आवद्ध कम्पनीको उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा यस अघिको समर सेल मेलाको अपार सफलताले गर्दा पनि यो मेला गर्नु परेको आयोजक सस्ंथाका संचालक कृष्णकुमार फ्ुयाँलले जानकारी दिए ।

मेलाको समुद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै ढकालले निजी क्षेत्रमा भएका विविध समस्याका वावजुद पनि धेरै कम्पनिहरुले एकै ठाउँमा एकै प्रकृतिका ब्राण्डहरु मिलेर नेपाली जुत्ताको प्रवर्दनमा टेवा पुर्याउनु एकदमै राम्रो काम भएको बताए ।

नेपाली जत्ता घरले गर्मी यामलाई लक्षित गरि समरसेल मेला २०७४ श्रावण ४ गते वाट सुरु गरेको छ । नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु नेपाली जुत्ता घरको विभिन्न सोरुमहरुमा उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ७० प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ । मेलामा रु. ३ सय देखि रु. ५ हजार सम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ ।

मेलामा शिखर शुज, वि.एफ डिएर हिल शुज, टम टेलर, सफ्ट टच, क्रस रोड, स्काई शुज, शु ल्यान्ड, इजि शुज, लेदर विङ्गस्, कोसेलि, टाकुरा जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ता राखिएको छ । साथै जेन्टस तथा लेडिज स्याण्डलहरु उक्त एक्स्पोमा उपलब्ध छन् ।

मेलामा २ लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोरभन्दा बढी जुत्ता चप्पलहरु बिक्री हुने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL