Logo

अग्नि ग्रुपको क्षेत्रीय कार्यलय तथा सर्भिस सेन्टर ईटहरीमा, स्थानीयलाई सहुलियत

अग्नि ग्रुपको क्षेत्रीय कार्यलय तथा सर्भिस सेन्टर ईटहरीमा, स्थानीयलाई सहुलियत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय ईटहरीमा शुभारम्भ गरेको छ ।

महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्र्याक्टरहरुका लागि पूर्वाञ्चलमा स्थापना गरिएको सो शाखाले आफ्ना डिलर एवम् ग्राहकहरुलाई नजिक ल्यार्इ सरल एवं सहज सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका टु ह्वीलर सवारी, सर्भिसिङ तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । ईटहरीस्थित नयाँ क्षेत्रीय कार्यालय, शोरुम तथा सर्भिस सेन्टरले ईटहरी तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको सेवा तथा सुविधा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

शाखाको शुभारम्भ सोमबार एक कार्यक्रमबीच अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले गरेका हुन् । कम्पनी केवल सवारी विक्री गर्न तर्फ मात्र केन्द्रितन भई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको उनले बताए ।

साथै चाहिएको वेलामा सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयर पार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL