Logo

सुनसरीको हरिनगर पुग्यो लुम्बिनी विकास बैंक, आस्वालगायत सबै सुविधा प्राप्त

सुनसरीको हरिनगर पुग्यो लुम्बिनी विकास बैंक, आस्वालगायत सबै सुविधा प्राप्त


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लुम्बिनी बिकास बैंकले सुनसरी जिल्लाको हरिनगरमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । ‘ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता’ नारा अन्तर्गत ग्रामिण क्षेत्रमा बैंकिङ्ग सेवा पुर्याउने नीति अनुरुप बैंकले हरिनगर गाउपालिकामा शाखा कार्यालय विस्तार गरेको हो ।

उतm शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गरेका हुन् । कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले स–सानानिक्षेप परिचालन तथा कृषि तथा साना ब्यवसायमा कर्जा लगानी गरी तराई मधेश भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ शाखा विस्तार गरिएको बताए ।

बैंकको सो शाखाबाट बिभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै प्राथमिक सेयरमा आवेदन दिन आस्वा प्रणाली, मोबाइल बैंकिङलगायतका सुविधा पाइनेछ । काठमाडौंमा बैंकको केन्द्रीय कार्यालय रहेको सो बैंकको देशभर शाखा संख्या ५१ पुगेको छ भने एटीएम संख्या १२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL