Logo

ट्याक्सीमा प्रभुत्व जमाउँदै हुण्डाई इओन, उपभोक्ता नै ‘ब्राण्ड एम्बेष्डर’

ट्याक्सीमा प्रभुत्व जमाउँदै हुण्डाई इओन, उपभोक्ता नै ‘ब्राण्ड एम्बेष्डर’


बिजखबर संवाददाता
27
Shares

कार निर्माता कम्पनी हुण्डाईले ट्क्यासीको रुपमा नेपाली बजारमा ल्याएको ‘हुण्डाई इओन’ले एक बर्षको छोटो अबधिमै सफलता पाएको छ । नेपालमा अन्य कम्पनीका ट्याक्सीमात्र सञ्चालन भइरहेको अवस्थामा हुण्डाइ इओन आएसँगै झण्डै ४० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको हुण्डाइको नेपालको लागि आधिकारी विक्रेता लक्ष्मी इन्टरकण्टीनेन्टलका डेपुटी महाप्रबन्धक रुपेश शर्मा भट्ट बताउँछन् । ‘हामीले इओनलाई ट्याक्सीको रुपमा सञ्चालन गर्न थालेको एक बर्ष भयो,’ उनले भने, ‘यो अवधिमा बिक्री भएका ट्याक्सीमध्ये हुण्डाइ इओनको बजार हिस्सा निकै बढ्दो छ ।’

लक्ष्मी इन्टरकन्टीनेन्टलका डेपुटी महाप्रबन्धक रुपेश शर्मा भट्ट
लक्ष्मी इन्टरकन्टीनेन्टलका डेपुटी महाप्रबन्धक रुपेश शर्मा भट्ट

पछिल्लो समय बजारमा गुणस्तरीय र आरामदायी ट्याक्सीको रुपमा ग्राहकहरुले हुण्डाइ इओनलाई रुचाउँदै आएका छन् । आकर्षक डिजाइन र उपभोक्तालाई यात्रा गर्न पनि सहज हुने भएकाले पनि इओनप्रतिको आकर्षण बढेको हो । इओनको बारेमा कम्पनीलेभन्दा पनि ग्राहकले नै ब्राण्डिङ गर्दिन थालेको कम्पनीको भनाइ छ । कतिपय ग्राहकहरु हुण्डाइको इओन मात्र चढ्न रुचाउने भएकाले पनि ट्याक्सी किन्ने उपभोक्ताहरु आफै खोज्दै आउने गरेका कम्पनीको दाबी छ । ‘अहिले हुण्डाई ट्याक्सीको ब्राण्ड एम्बेष्डर नै त्यसमा चढ्ने उपाभोक्ताहरु हुन्,’ उनले भने, ‘कतिपय ग्राहकहरु उपभोक्ताको सिफारिसको आधारमै इओन किन्न आइरहेका छन् ।’ उपभोक्ताले नै इओन रुचाएपछि अरु किन्नुको विकल्प नभएको उनको तर्क छ ।

हुण्डाई ब्राण्ड प्यासेन्जर्स कार सेग्मेन्टमा नेपालमा पहिलो स्थानमा रहँदै आएको छ । हुण्डाइले यस अघि नै उपभोक्ताको मन जितिसकेकाले ट्याक्सीको बिक्री पनि सोही अनुरुप बढिरहेको भट्ट बताउँछन् । ‘हुण्डाइ भन्नासाथ नेपालीको मनमा बसिकेको छ,’ शर्माले भने, ‘हुण्डाईको पार्टपुर्जा सहज रुपमा पाइने र सर्भिसिङको राम्रो व्यवस्था भएकाले पनि ग्राहकहरु आकर्षित भएका छन् ।’

सुरुमा निजी सवारी धनीलाई बिक्री गर्न ल्याएको गाडीलाई नै कम्पनीले ट्याक्सीमा परिणत गरेको थियो । अन्य कम्पनीको तुलनामा कम मुल्य तथा तुलनात्मक रुपमा बढी माइलेज र चढ्दा आरामदायी नै हुण्डाइको मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ । विशेषगरी हुण्डाइको डिलाइट र डिलाइट प्लस गरी दुई वटा मोडलका ट्याक्सीहरु काठमाडौंका सडकमा बढी देखिन्छन् । जसमध्ये हुण्डाई इओन डिलाइटको बजार मूल्य १६ लाख ९६ हजार रुपैयाँ र डिलाईट प्लसको मूल्य १७ लाख ९६ हजार रहको भट्टले जानकारी दिए ।

भुकम्प पीडितलाई विशेष ब्यवस्था

हुण्डाइले भुकम्प पीडितलाई लक्षित गरी आकर्षक योजना सार्वजनिक गरेको छ । सरकारले भुकम्प पीडितलाई गोलाप्रथाबाट १ हजार ५ सय ट्याक्सी वितरण गरेसँगै कम्पनीले हुण्डाइ ट्याक्सी खरिद गर्ने एक जनालाई एउटा ट्याक्सी उपहार योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकले जुन ट्याक्सी खरिद गर्यो सोही ट्याक्सी उपहार पाउनेछन् ।

सहज कर्जा व्यवस्थापन

लक्ष्मी इन्टरकण्टीनेण्टलले हुण्डाइ इओन खरिद गर्नेलाई सहज रुपमा कर्जा उपलब्ध गराइदिने भएको छ । भुकम्प पीडित ट्याक्सी सामान्य स्तरमा सर्वसाधारणलाई पनि परेको र उनीहरुले रकम जुटाउन नसक्ने भएकाले कम्पनीले नै फाइनान्सिङको व्यवस्था गरिदिन लागेको बताएको छ । ‘हामीसँग ३÷४ वटा बैंक सम्पर्कमा छन्,’ उनले भने, ‘ट्याक्सी किन्ने ग्राहकलाई ती बैंकबाट सहज रुपमा कर्जा उपलब्ध गराइदिने छौं ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL