Logo

६५ प्रतिशत हकप्रद निष्काशन गर्दै मेगा बैंक, अनुमति माग्न बोर्ड पुग्यो

६५ प्रतिशत हकप्रद निष्काशन गर्दै मेगा बैंक, अनुमति माग्न बोर्ड पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हकप्रद निष्काशनको अनुमति माग्दै मेगा बैंक धितोपत्र बोर्ड पुगेको छ । बैंकले ६५ प्रतिशत हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्ड समक्ष निवेदन दिएको हो ।

मेगा बैंकको बार्षिक साधारण सभाले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले प्रतिसेयर १ सय रुपैयाँका दरले २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४ सय बराबरको २ करोड ९७ लाख ८५ हजार ३४ कित्ता सेयर निष्काशन गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए ।

हकप्रद सेयर निष्काशनसँगै बैंक साँढे ७ अर्ब भन्दा बढी पुग्नेछ । यसैगरी, चालु आर्थिक बर्षको मुनाफा र हकप्रद सेयरबाट चुक्ता पूँजी ८ अर्ब भन्दा बढी पुग्ने बैंकले जनाएको छ ।

बैंकले हकप्रद सेयर निष्काशन गर्न नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL