Logo

मौद्रिक नीतिमा धितोपत्र बोर्डको सुझाब, संस्थापक सेयर परिवर्तनमा कडाई

मौद्रिक नीतिमा धितोपत्र बोर्डको सुझाब, संस्थापक सेयर परिवर्तनमा कडाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले उत्पादनमुलक क्षेत्रलाई पूँजी बजारको प्राथमिकतामा राख्न सुझाब दिएको छ । पूँजी बजारमा उत्पादनमूलक क्षेत्रको सहभागिता बढाउन बोर्डले अब आउने मौद्रिक नीतिमा सुझाब दिँदै कृषि र उर्जाजस्तै उत्पादनमूलक क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सुझाव दिएको हो ।

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा वास्तविक क्षेत्रका पब्लिक लिमिटेड कम्पनीहरुले सर्वसाधारणमा कम्तिमा १० प्रतिशतमात्र प्राथमिक सेयर जारी गरे हुने व्यवस्था गरेको छ । यसलाई अझ प्रभावकारी बनाउन बोर्डले सुझाब दिएको हो । यसैगरी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को स्वामित्व संरचनामा परिमार्जन गर्न समेत सुझाब पेश गरेको छ ।

यसैगरी बोर्डले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ (बाफिया) मा बैंकहरु सञ्चालनमा आएको १० वर्षपछि संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न पाउने व्यवस्थालाई पनि समय सापेक्ष बनाउन सुझाब दिएको छ । एकै पटक ठूलो मात्रामा बजारमा सेयर आउँदा सेयर बजार प्रभावित पार्न सक्ने भन्दै उपयुक्त समयमा निश्चित प्रतिशतका दरले चरणबद्धरुपमा मात्र सेयर परिवर्तन गर्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

बोर्डले आस्वालाई राष्ट्र बैंकले सुपरीवेक्षण गर्ने व्यवस्थथा गर्न पनि सुझाव दिएको छ । । मार्जिन कारोवार प्रक्रियामा बैंक तथा वित्तीय संस्थाको सम्लग्नता समेत हुन सक्ने हुंदा वजार विस्तार तथा लगानीकर्ताको हितलाई दृष्टगत गरी यसको सुदृढ एवं विश्वसनीय व्यवस्थाका लागि नियमन निकायहरुबीच आवश्यक समन्वय तथा सहजीकरण गर्न सुझाब पेश गरेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा कायम हुने सेयर स्वाप अनुपात लगानीकर्ताको हितसँग जोडिने भएकाले यसमा राष्ट्र बैंकले धितोपत्र बोर्डसँग समन्वय गर्नु उपयुक्त हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL