Logo

स्प्राईटको रोमान्चक अफर, एसएमएस पठाउनुस हरेक घण्टा जित्नुस सामसुङ ग्यालेक्सी

स्प्राईटको रोमान्चक अफर, एसएमएस पठाउनुस हरेक घण्टा जित्नुस सामसुङ ग्यालेक्सी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोकाकोला नेपालले उपभोक्तालाई रिफ्रेसमेन्ट दिन नया कार्यक्रम संचालनमा ल्याएको छ । गर्मीको समयमा धेरैभन्दा धेरै ग्राहकहरु माझ पुगेर रिफ्रेशमेन्ट दिन नयाँ प्रोमो सार्वजनिक गरेको हो ।

सो योजना जुन १० देखि जुलाई २९ तारिखसम्म चल्नेछ । सो प्रोमो अन्तरगत हरेक घण्टा १ सामसुङ ग्यालेक्सी जेटु प्रोगायत थुप्रै आकर्षक उपहार जित्ने सकिने कम्पनीले जानकारी दिएको छ ।

यो अफर ५०० मिलि लिटर, १ दशमलव ५ लिटर र २ दशमलव २५ लिटरको स्प्राईट तथा कोक(कोला र फ्यान्टाको खरिदमा उपलब्ध हुनेछ ।

यो अफरमा सहभागी हुनको लागि ग्राहकहरुले लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३७७२२ मा एसएमएस गर्नुपर्ने छ । प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म लक्की ड्र गरि हरेक घण्टा १ बिजेता छानिने छ ।

ग्राहकहरुले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफुसँग राख्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL