Logo

धितोपत्र बोर्डले सार्बजनिक गर्यो बार्षिक कार्यक्रम, सेबोन रजत जयन्ती हुलाक टिकट आउँदै

धितोपत्र बोर्डले सार्बजनिक गर्यो बार्षिक कार्यक्रम, सेबोन रजत जयन्ती हुलाक टिकट आउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रजय जयन्तीको अबसरमा धितोपत्र सम्बन्धी प्रदर्शनी र तालिम कार्यक्रम संचालन गर्ने भएको छ । बोर्डले बर्ष भरी गरिने कार्यक्रमको तालिका सार्बजनिक गर्दै स्थानीय स्तरमा धितोपत्र सम्बन्धी प्रचारप्रसारलाई प्राथकिता दिएको छ ।

बोर्डले रजत जयन्तीको अबसरमा सर्वसाधारणलाई धितोपत्र सम्बन्धी अध्यावधिक ऐन, नियममावली तथा निर्देशिकाको जानकारी प्रदान गर्न ऐन, नियमावली र निर्देशिकालाई अध्यावधिक गरी धितोपत्र सम्बन्धी कानुन संग्रह प्रकाशित गर्ने भएको छ । यसैगरी सर्वसाधारण लगानीकर्तामाझ धितोपत्र सम्बन्धी सचेतता अभिबृद्धि गर्न धितोपत्र बजार साक्षरता पुस्तिका र सेबोन जर्नल प्रकाशितलाई निरन्तरता दिने भएको छ ।

नेपाल सरकार हुलाक सेवा विभागबाट नेपाल धितोपत्र बोर्ड रजत जयन्ती अंकित हुलाक टिकट प्रकाशित गर्ने भएको छ भने धितोपत्रबजार सम्बन्धी विविध विषयमा ज्ञान प्रदान गर्न वजार सहभागीहरुको संयुक्त आयोजनामा २ दिने धितोपत्र बजार प्रदशनी गर्ने भएको छ ।

सो अबसरमा नेपाल धितोपत्र बोर्ड धितोपत्र बजारको नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईएस्कोसँग मिलेर अन्तर्राष्ट्रिय सेमिनार गर्ने भएको छ ।

यसैगरी देशमा वित्तीय साक्षरता बढाउन लगानीकर्ता प्रशिक्षण तथा तालिम कार्यक्रम संचालन गर्ने भएको छ भने धतोपत्र बजार सुधार तथा विकासका लागि आवश्यक नीति नियममा राय सल्लाह लिन बोर्डसँग आवद्ध संस्थासँग अन्तरक्रिया कार्यक्रम संचालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL