Logo

ओप्पो एफथ्री नयाँ भर्जन सार्बजनिक, मूल्य ३२ हजार ९ सय

ओप्पो एफथ्री नयाँ भर्जन सार्बजनिक, मूल्य ३२ हजार ९ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । कम्पनीले मध्यम बर्गीय ग्राहकलाई लक्षित गर्दै सो मोबाइल सार्वजनिक गरेको हो ।

एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप (सामूहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्ससहितको क्यामेरा जडान गरिएको छ ।

कम्पनीका अनुसार एफथ्रीको ब्ल्याक भर्जन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल बिक्रि केन्द्रहरु मार्फत बजारमा उपलब्ध हुनेछ ।

ओप्पो एफथ्रीको ब्ल्याक भर्जनको ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले सार्बजनिक गरे ।

कालो रङ्ले स्टाइल र आत्मविश्वासको समेत प्रतिनिधित्व गर्ने कम्पनीको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
MBL