Logo

एलिका स्टाइलिस चिम्नी हुड र कुक टप्स बजारमा

एलिका स्टाइलिस चिम्नी हुड र कुक टप्स बजारमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिजीको सहायक कम्पनी इओएल प्रालिले बिभिन्न दश प्रकारका एलिका स्टाइलिस चिम्नी हुड सार्बजनिक गरेको छ ।

युरोपिन प्रबिधि अनुसार निर्माण गरिएका चिम्नी हुड हेर्दा नरम र चम्किलो छ । चिम्नी सिसा र खिया नलाग्ने स्टीलद्वारा निर्माण गरिएको छ । यी हुडमा टच कन्ट्रोल र शक्तिशाली इटालियन मोटर जडान गरिएको छ ।

यसले १०१०—१२९० घनमिटर प्रति घण्टाका दरले धुवा तान्न सक्छ । जसले गर्दा सबै प्रकारका खाना पकाउँदा भान्सालाई धुवारहित समेत बनाउँछ । चिम्नीमा प्रयोग गरिएको इटालियन शक्तिशाली मोटरका कारण यसले कम विद्युतमा धेरै धुवा तान्न सक्ने कम्पनीले जानकारी दिएको छ । केही चिम्नीहरु ‘टच कन्ट्रोल’ र केही ‘पुश कन्ट्रोल’ प्रविधिका छन् ।

वातावरणमैत्री यी चिम्नीहरुमा ४० वाट विद्युत खपत गर्ने ठाउँमा २ वाट विद्युत खपत गर्ने विद्युतीय ल्याम्प जडान गरिएको छ । जसले गर्दा करिब ९६ प्रतिशत विद्युत बचत गर्दछ । हुडमा जडान गरिएको शक्तिशाली इटालियन मोटरले कम आवाज दिनुका साथै यसको १५ वर्षको वारेन्टी समेत रहेको छ ।

यस चिम्नीलाई सजिलै सफा गर्न सकिने गरी निर्माण गरिएको छ । चिम्नीहरु ६० देखि ९० सेमीसम्मको आकारमा २५ हजार ७ सय देखि ५७ हजार ४ सय २० रुपैयाँ सम्ममा उपलब्ध छन् ।

त्यसैगरी, यस कम्पनीले विभिन्न प्रकारका कलात्मक ‘कुक टप्स‘ हरु नेपाली बजारमा सार्वजनिक गरेको छ । कुक टप्समा एक वर्षको वारेन्टी समेत रहेको छ । यी कुक टप्सहरुको बजार मूल्य ९ हजार १ सय ९० रुपैयाँ देखि २९ हजार १ सय ७० रुपैयाँ सम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL