Logo

शिखर क्रेजी सेलमा उपभोक्ताको भीड, ८५ प्रतिशत छुटले तान्यो ग्राहक

शिखर क्रेजी सेलमा उपभोक्ताको भीड, ८५ प्रतिशत छुटले तान्यो ग्राहक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भृकुटीमण्डममा भइरहेको शिखर शुको क्रेजी सेल मेलामा उपभोक्ताको भीड लागेको छ । मेलाको ७ दिनसम्म आइपुग्दा हजारौं उपभोक्ताले अवलोकत तथा जुत्ताचप्पल खरिद गरेको शिखर शुका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए ।

क्रेजी सेल मेलामा कम्पनीले गर्मी याम लक्षित गरी नयाँ डिजाइनका जुत्ता तथा चप्पलहरु बिक्री वितरणमा ल्याइएको छ । कम्पनीले जुत्ताको खुद्रा बिक्री मूल्यमा ८५ प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ । मेलामा १ सय देखि ५ हजार रुपैयाँसम्मका जुत्ता तथा चप्पल बिक्री वितरणका लागि राखिएको छ ।

शिखर शुले आफ्ना गुणस्तरीय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित बिक्री वितरण गर्दै आएको छ । नेपाली जुत्ता चप्पलहरुको प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्देश्य रहेको प्रसाईले बताए ।

उनका अनुसार नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धन तथा उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न मेलामा लागतभन्दा पनि कम मूल्यमा जुत्ता चप्पल बिक्री गरिँदै आएको छ ।

शिखर शु ब्राण्डका अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु क्रेजी सेल मेलामा उपलब्ध छन् । यो मेलामा दुई लाखभन्दा बढी ग्राहकले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्री गर्ने लक्ष्य लिएको छ । उक्त जुत्ता चप्पल खरिदमा ६ महिनाको वारेन्टी रहेको छ ।

जेठ १४ गते देखि शुरु भएको सो भेला सिमित अवधिको लागि मात्र संचालन हुने प्रसाइले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL