Logo

सुनको मूल्यमा दैनिक उतारचढाव, आज पनि ६ सयले बढ्यो

सुनको मूल्यमा दैनिक उतारचढाव, आज पनि ६ सयले बढ्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा दैनिकजसो उतारचढाव आएको छ । साताको अन्तिम दिन प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको सुन आज एकै पटक ६ सय रुपैयाँले बढेको छ ।

प्रतितोला ५५ हजार रुपैयाँ तल ओर्लिएको सुनको मूल्य आज एकै पटक बढेर ५५ हजार २ सय रुपैयाँ पुगेको छ । केही समय यता बजारमा दैनिक जसो सुनको मूल्यमा उतारचढाव भइरहेको र यो क्रम अझै रहने नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार बजारमा चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । बजारमा चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL