Logo

हुण्डाईको एक्सचेन्ज कार्यक्रम सम्पन्न, हरेक गाडीको विक्रीमा स्पट एक्सचेन्ज तथा बोनस

हुण्डाईको एक्सचेन्ज कार्यक्रम सम्पन्न, हरेक गाडीको विक्रीमा स्पट एक्सचेन्ज तथा बोनस


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले बिर्तामोड, इटहरी र पोखरामा सञ्चालन गरेको एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ।

हुण्डाईको त्यहाँस्थित शोरुममा तीन दिनसम्म चलेको कार्यक्रममा ग्राहकहरुको उत्सुकतापूर्ण सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न सो क्याम्प सञ्चालन गरेको हो ।

कार्यक्रममा हुण्डाईले ग्राहक सामु नगद छुट, स्पट एक्सचेन्ज,एक्सचेन्ज बोनस हरेक गाडिको विक्रीमा प्रदान गरेको थियो ।

साथै कार्यक्रममा टेष्ट ड्राइभ एण्ड वीन र मनोरञ्जनका कार्यक्रमहरु सञ्चालन गरेको थियो । कार्यक्रम अवधिमा प्रत्येक स्थानबाट टेष्ट ड्राइभ गर्नेमध्ये एक जनाले लक्की ड्र मार्फत एक/एक जनालाई कुलप्याड १ स्मार्टफोन प्रदान गर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL