Logo

ग्लोबल आईएमई आकांक्षा छात्रबृत्ति सार्वजनिक, १० लाखको कोषबाट १ सयलाई शिक्षा

ग्लोबल आईएमई आकांक्षा छात्रबृत्ति सार्वजनिक, १० लाखको कोषबाट १ सयलाई शिक्षा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमई तथा ग्लोबल आईएमई बैंकले शैक्षिक सत्र– २०७३ ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’सार्वजनिक गरेको छ । विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पु¥याउने उद्वेश्यसहित हिसान तथा प्याब्सनको सहकार्यमा सो कार्यक्रम सार्वजनिक गरेको हो ।

छात्रबृत्ति सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे र हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठको उपस्थिती रहेको थियो ।

सो अबसरमा आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई तथा ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर छात्रवृति प्रदान गरेको जानकारी दिए । साथै यहीँ नै छात्रवृति पूर्ण नभएपनि यसले दिन खोजेको सन्देश बृहत् रहेको बताए ।

छात्रवृति समितिका सह–संयोजक डेनियल डी. श्रेष्ठ,हिसान उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, प्याब्सन अध्यक्ष विजय सम्बाहम्फे, आईएमई तथा ग्लोबल आईएमई बैंकका सीईओद्वय सुमन पोखरेल र अनिल ज्ञवालीले आकाँक्षा छात्रवृति योजनाको विषयमा प्रकाश पारेका थिए ।
छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएका सदर आवेदनका आधारमा एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिएको हो ।

कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि सय जना विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि नै छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

ईच्छुक विद्यार्थीले यी संस्थाका वेब साईट एवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विद्यालय प्रधानाध्यापकको सिफारिस सहित आवेदन दिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL