Logo

धितोपत्रको नयाँ निर्देशिका, ५ वर्ष पुगेपछि मात्र एफपीओ, १० कित्ता सेयर अनिवार्य

धितोपत्रको नयाँ निर्देशिका, ५ वर्ष पुगेपछि मात्र एफपीओ, १० कित्ता सेयर अनिवार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ जारी गर्दै फरदर पब्लिक अफरिङ एफपीओ जारीमा कडाई गरेको छ । बोर्डले मौजुदा निर्देशिक २०६४ लाई परिमार्जन गर्दै प्राथमिक सेयर तथा एक पटक एफपीओ जारी गरेको ५ वर्ष नपुगी पुनः अर्को जारी गर्न नपाउने व्यवस्था गरेको छ ।
यसैगरी बोर्डले साधारण सेयरको बाँडफाँडमा पनि परिमार्जन गरेको छ । यस अघि साना लगानीकतार्एलाई ४० र अन्यलाई ६० प्रतिशत वितरण गर्दै आएकोमा आस्वा लागू भएसँगै आवेदन दिने सबै आवेदकलाई न्युनतम १० कित्ता अनिवार्य गरिएको छ ।

यसैगरी सङ्गठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत जारी गरेको सेयर खरिदका लागि प्राकृतिक व्यक्तिले मात्र दरखास्त दिन सक्ने व्यवस्था लागू गरेको छ । तर पूरा बिक्री नभएमा मात्र अन्यले दरखास्त दिन पाउने नयाँ निर्देशिकामा उल्लेख छ ।

सङ्गठित संस्थाले साधारण सभाबाट हकप्रद सेयर निष्काशन गरेको ४ महिना भित्र बोर्डमा निवेदन दिनुपर्ने व्यवस्थालाई २ महिनामा झारेको छ । साथै साधारण सभाले पारित गरेको बोनस सेयर दर्ताको लागि ३० दिनभित्र बोर्डमा निवेदन दिनु पर्नेछ ।

एक आपसमा गाभ्ने वा गाभिने कार्य सम्पन्न भए पश्चात एकिकृत कारोबार शुरु भएसंगै सेयरको कारोबार समेत शुरु हुने व्यवस्था गर्नुपर्ने छ । यदि एकिकृत कारोबार शुरु भएसँगै विशेष कारण सेयरको कारोबार हुन नसकेमा एकिकृत कारोबार शुरु भएको बढीमा १५्र दिनभित्र सेयरको कारोबार गरिनसक्नु पर्ने छ । संसोधित निर्देशिकाले बैंक वित्तीय संस्था तथा बीमा कम्पनी बाहेकका प्रत्यक्ष नियमन निकाय नभएका संगठित संस्थाको हकप्रद तथा थप धितोपत्र निष्काशन सम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

यसैगरी प्राथमिक सेयर जारी गर्न चाहने संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो ३ वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविश्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्याँस फ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्याङ्कनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औषत मूल्य र सङ्गठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति सेयर नेटवर्थको ४ गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नु पर्नेछ ।

सेयरलाई बढीमा ७ कार्य दिनभित्र धितोपत्र सूचीकरणका लागि धितोपत्र बजारमा र धितोपत्रको अभौतिकीकरणका लागि केन्द्रीय निक्षेप कम्पनीमा निवेदन दिनु पर्नेे व्यवस्था गरिएको छ । यस अघि ५० दिनसम्मको समयावधि तोकिएको थियो ।

यस निर्देशिका जारीसँगै साविकको धितोपत्र निष्काशन निर्देशिका, २०६५ लाई प्रतिस्थापन गरेको छ भने बोनस सेयर निष्काशन निर्देशिका, २०६७ र धितोपत्र बाँडफाँट सम्बन्धी निर्देशिका, २०६८ लाई यसैमा समावेश गरी प्रतिस्थापन गरेको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL