Logo

रेनोको लजी स्टेपवे रेन्ज नेपाल भित्रियो, मूल्य ३९ लाख ९५ हजार

रेनोको लजी स्टेपवे रेन्ज नेपाल भित्रियो, मूल्य ३९ लाख ९५ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा रेनो अटोमोटिभको आधिकारिक बितरक एडभान्स अटोमोबाइल प्रालिले रेनोको नयाँ गाडि लजी स्टेपवे संस्करण अनावरण गरेको छ । यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपनसहित नयाँ लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धनको बचतको समिश्रणको अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

नयाँ लजी स्टेपवे उत्कृष्ट एमपीभी प्रविधियुक्त गाडि नेपाली बजारमा प्रारम्भिक मूल्य रु ३९ लाख ९५ हजार सहित सार्वजनिक गरिएको हो ।
न्यू रेनो लजी स्टेपवे संस्करण ८५ पीएस र ११० पीएसमा उपलब्ध हुनेछ । जसमा लजी स्टड, लजी आरएक्सई, लजी आरएक्सएल र लजी आरएक्सजेड संस्करण (७ र ८ सीट अप्सनमा उपलब्ध छ ।

लजी स्टेपवे ६ वटा रंगहरु प्लानेट ग्रे, रोयल अर्किड, स्लेट ग्रे, फियरी रेड, मूनलाइट सिल्भर र पर्ल ह्वाइटमा उपलब्ध छन् ।एमपीभी सेगमेन्ट नेपाल ग्राहकहरुलाई जो आकर्षक मूल्य प्रस्तावको बारेमा ध्यान दिनेलाई सम्बोधन गर्ने कम्पनीले जानकारी दिएको छ ।

भारतमा, कयौं टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुले यसको आरामदायीपना र पर्यटकहरुको प्राथमिकताको कारणले यो गाडिलाई प्राथमिकता दिन्छन् ।

कम्पनीले नेपालमा पनि टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुबाट सोहि किसिमको प्रतिकृया प्राप्त गर्ने अपेक्षा कम्पनीको छ ।‘रेनोका लागि सुरक्षा सबैभन्दा उच्चतम महत्व हो’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

रेनो लजी स्टेपवे सुरक्षा एयर ब्यागहरु, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ्, अटो डोर लक, सीटबेल्ट रिमाइण्डर, रियर वाइपर तथा वासर, डोर अ जार वार्निङ तथा रियर डिफगरलगायत महत्वपूर्ण सुरक्षा विशेषताहरु यस कारमा राखिएका छन् । रेनो समूहले सन् १८९८ देखि कारहरु उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL