Logo

पाँच शहरमा हुण्डाईको एक्सचेन्ज कार्यक्रम, नगद छुट तथा स्पट एक्सचेन्ज बोनस सुबिधा

पाँच शहरमा हुण्डाईको एक्सचेन्ज कार्यक्रम, नगद छुट तथा स्पट एक्सचेन्ज बोनस सुबिधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले विराटनगर, बुटवल, धनगढी र नारायणगढ स्थित शोरुममा हुण्डाई एक्सचेन्ज कार्यक्रम आयोजना गरेको छ ।

जेठ ८ देखि १० गतेसम्म संचालन गरिएको कार्यक्रममा ग्राहकहरूको उत्सुकतापूर्ण सहभागीता रहेको थियो । ग्राहकहरुका लागि उत्कृष्ट एकसचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्न सो एक्सचेन्ज क्याम्प सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ ।
यससँगै हुण्डाईले गाडी विक्रीमा आफ्ना सामु नगद छुट, स्पट एक्सचेन्ज बोनसलगायत सुबिधा प्रदान गरेको थियो । साथै कार्यक्रममा टेष्ट ड्राइभ एण्ड वीन र मनोरञ्जनका कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रम अवधिमा प्रत्येक स्थानबाट टेष्ट ड्राइभ गरेकामध्य लक्की ड्रबाट एक/एक भाग्यशाली ग्राहकलाई कुलप्याड कुल १ स्मार्ट फोन प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL