Logo

कोबेल्कोले एसके २२० एक्सडी नेपाली बजारमा, मूल्य रु ९७ लाख

कोबेल्कोले एसके २२० एक्सडी नेपाली बजारमा, मूल्य रु ९७ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोबेल्कोले नेपाली बजारमा एसके २२० एक्सडी एक्स्याभेटल भित्र्याएको छ । कोबेल्कोको नेपालका लागि अधिकृत बिक्रेता पूजा कन्स्ट्रक्सनले नेपालले २१ टन क्षमताकोे एक्स्याभेटर नेपाली बजारमा ल्याएको हो ।

नेपालको सन्दर्भमा एक्स्याभेटरको चुनौतिपूर्ण प्रयोगलाई ध्यानमा राखी नयाँ डिजाइन तयार गरिएको कम्पनीले जानकारी दिएको छ । सो मशीन आफ्नो श्रेणीमा शक्तिशाली तथा उच्च उत्पादकत्वयुक्त हुनुका साथै प्रतिस्पर्धीमध्ये नविनतम रहेको पूजा कन्स्ट्रक्सनका सीइओ बिबेक बिजुक्छेले बताए ।

सो एक्स्याभेटरको मूल्य ९७ लाख रुपैयाँ रहेको छ । खरीदकर्तालाई तैयारी मौजदात उपलव्ध रहेको र पूजा कन्स्ट्रक्सनले इच्छुक कम्पनीलाई एलसी खोली सिधै भारतबाट खरीद गर्न सकिने वैकल्पिक सुविधा पनि दिएको छ । यसरी खरीद गरिएका मशीनलाई सुचारु रुपमा पार्टपूर्जा तथा खरीदपछिको सेवा उपलव्ध गराइने प्रत्याभूति कम्पनीले दिने छ । सो मशीनले प्रतिघण्टा ११ देखि १२ लिटर मात्र डिजेल खपत गर्ने भएकाले इन्धनको बचत समेत हुने कम्नपीको दाबी छ ।

कम्पनीका अनुसार एसके २२० एक्सडी एक्स्क्याभेटर जापानी प्रविधि अन्तर्गत भारतको श्री सहरमा उत्पादन गरिएको हो । विश्वका अन्य बजारमा प्रचलित प्रयोग विपरित नेपालमा एक्स्क्याभेटरको प्रयोग सडक काटन तथा चुनढुंगा खानीमा समेत हुने गरेका कारण यसमा ब्रेकर अपरेशन प्रक्रिया जोडिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL