Logo

१६६ % हकप्रद जारी गर्दै हिमालयन इन्स्योरेन्स, सेयर मूल्यमा कस्तो प्रभाव पर्ला ?

१६६ % हकप्रद जारी गर्दै हिमालयन इन्स्योरेन्स, सेयर मूल्यमा कस्तो प्रभाव पर्ला ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालयन जनलर इन्स्योरेन्स कम्पनीले १ सय ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको आधारमा उक्त हकप्रद जारी गर्न लागेको हो ।

जस अनुसार कम्पनीले ६४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । बीमा समितिले निर्धारण गरे अनुरुपको चुक्ता पूँजी पुर्याउनकालागि पनि कम्पनीले ठूलो मात्रामा हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीको हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्ने भएको छ । कम्पनीको हकप्रदलाई इक्रा नेपालले ग्रेड थ्री रेटिङ प्रदान गरेको छ ।

हिमालयनले ठूलो मात्रामा हकप्रद जारी गर्ने भएसँगै बजारमा सेयरको माग उच्च बढेको छ । सोही आधारमा मूल्य समेत बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL