Logo

तीन दिनमा १५ सय भुकम्प पिडितलाई ट्याक्सी, यसरी हुँदैछ छनौट

तीन दिनमा १५ सय भुकम्प पिडितलाई ट्याक्सी, यसरी हुँदैछ छनौट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले भुकम्प प्रभावित जिल्लाका वासिन्दालाई जेठ १३ गतेदेखि ट्याक्सी वितरण गर्ने भएको छ । भुकम्प अतिप्रभावित १४ जिल्लाका वासिन्दालाई यही जेठ १३, १४ र १५ गते तीन दिन गरेर ट्याक्सी वितरण गर्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

विभागले तीन दिनमा गोलाप्रथाबाट १ हजार ५ सय वटा ट्याक्सी वितरण गर्ने भएको छ । भुकम्प पिडित ट्याक्सीको नम्बर लिनका लागि कुल १ लाख ४९ हजार ५ सय ५८ जनाले आवेदन दिएकोमा गोलाप्रथाबाट १ हजार ५ सय जनाले मात्र पाउने छन् ।

विभागका अनुसार गोलाप्रथाको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरी सार्वजनिक रुपमा छनौट गरिने छ । जसको टिभी टुडेमार्फत प्रत्यक्ष प्रशारण गरिने भएको छ । विभागले २०७३ साउन ५ गतेदेखि भदौं ५ गतेसम्म आवेदन संकलन गरेको थियो ।

जसमा भूकम्पबाट अति प्रभावित भएका १४ दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL