Logo

सान्जेनको सेयर निस्काशन गरिदै, नागरिक लगानी कोष र सह–निस्काशन कम्पनीबीच सम्झौता

सान्जेनको सेयर निस्काशन गरिदै, नागरिक लगानी कोष र सह–निस्काशन कम्पनीबीच सम्झौता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको शेयर बिक्री गर्न नागरिक लगानी कोष र सह–निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी वीच सम्झौता भएको छ ।

बिहीबार कोष र सह–निस्काशन कम्पनीहरु एनसीएम मर्चेन्ट बंैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटलवीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सह निस्काशन कम्पनीको तर्फबाट एनसिएम मर्चेन्टका प्रबन्ध संचालक बिजय लाल श्रेष्ठ, सिभिल क्यापिटलका सिइआ पराग बिष्ट, प्रभु क्यापिटलको तर्फबाट महाप्रबन्धक शंकर प्रसाद कालिकोटा, एनएमवि क्यापिटलको सिइआ श्रीजेश घिमिरे र ग्लोवल आईएमई क्यापिटलका सिइओ पारसमणि ढकालले हस्ताक्षर गरेका हुन ।

सान्जेनले पहिलो चरणको शेयर निस्काशनको लागि छुट्टयाइएको समुह ग बमोजिमको ऋण दाता संस्थाका कर्मचारी, संस्थापक शेयरधनी संस्थाका कर्मचारी, समुह घ अन्तरगतका कर्मचारी संचय कोषकमा रकम जम्मा गरेका संचय कर्ता कर्मचारीको लागि ८७ लाख ६० हजार कित्ता सेयरको लागि सह–निस्कासन कम्पनी वीच सम्झौता भएको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL