Logo

केएल दूगडले ल्यायो ज्ञान ब्राण्डका नयाँ उत्पादन, आटादेखि लिटोसम्म

केएल दूगडले ल्यायो ज्ञान ब्राण्डका नयाँ उत्पादन, आटादेखि लिटोसम्म


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ज्ञान ब्राण्डका नयाँ उत्पादनहरु बजार आएको छ । केएल दूगड समूहले ज्ञान ब्राण्डका मकैको आटा, मकैको च्याख्ला र ज्ञान प्रिमियम लिटो बजारमा ल्याएको हो ।

ज्ञान चक्की आटाका उत्पादक केएल दुगड समुहले मेज आटा (मकैको आटा ), मेज गी्रट (मकैको च्याख्ला) तथा ज्ञान प्रिमियम लिटो बजारमा उपलब्ध भएको छ । यी उत्पादनहरु मुख्य डिपार्टमेन्ट स्टोरहरुकासाथै स्थानीय पसलहरुमा २ र ५ किलोग्रामका प्याकेटमा उपलब्ध हुनेछन् ।

कम्पनीले पहेँलो र सेतो मकैको दानाबाट ज्ञान मेज आटा बनाएको छ । ज्ञान मेज आटा फाइबर तथा प्रोटिनले भरिपुर्ण रहेको छ भने यसमा न्यून फ्याट तथा सोडियम छ जसले गर्दा सलुटोन रहित हुने कम्पनीको दावी छ ।

यसैगरी ज्ञान ग्रीड पनि उत्कृष्ट मकैबाट निकै स्वस्थ्य वातावरणमा उच्च स्तरीय उत्पादन यूनिटमा तयार गरिएको छ । यो उत्पादनमा मकैको निकै नै उत्कृष्ट स्वाद हुन्छ । यो फ्याट, सोडियम, सलुटोन रहित हुन्छ भने यसमा पाच्य फाइबर पनि रहेको हुन्छ ।

यसैगरी गहुँ, चामल, भटमासको समिश्रणबाट उत्पादन गरिएको ज्ञान लिटो पनि धुलो दुध, चिनी, मकैको तेल र १६ प्रकारका भिटामीनका खारेर बनाइएको हुन्छ । यो स्वस्थ्य, पोषक र स्वादिष्ट उत्पादन ६ महिना भन्दा माथिका केटाकेटीहरुलाई घोलेर खुवाउन सकिन्छ । यो कुपोषण भएका र माइक्रोन्यूट्रिसनको अभावबाट प्रभावित भएका मानिसहरुलाई पनि खुवाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL