Logo

एकैदिन तोलाको ५ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

एकैदिन तोलाको ५ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार  स्थानीय बजारमा सुनको भाउ तोलाको ५ सयले ओरालो लागेको छ । सो दिन सुनको भाउ प्रतितोला ५४ हजार ४ सय तोकिएको हो ।

यसअघि आइतबार सुन तोलाको ५४ हजार ९ सयमा कारोवार भएको थियो ।

त्यस्तै मंगलबार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतवार चाँदी तोलाको ७ सय ७० मा कारोवार भएकोमा आज ७ सय ६० मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL