Logo

गरिमाको केन्द्रिय कार्यालय काठमाडौंमा, थप सात शाखा संचालनमा ल्याउँदै

गरिमाको केन्द्रिय कार्यालय काठमाडौंमा, थप सात शाखा संचालनमा ल्याउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो केन्द्रिय काठमाठौंमा स्थानान्तरण गरेको छ । यस अघि पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमाले काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको हो ।

काठमाण्डौंको सामाखुसी तथा लाजिम्पाट सहित ४३ शाखा र सात एटीएमबाट वित्तीय सेवा प्रदान गर्दै आएको गरिमाले काठमाडौंमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेसँगै चाबहिल तथा कलंकी सहित विभिन्न सात स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमा दिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । ‘हामी उत्कृट सेवा दिने लक्ष्यका साथ आक्रामक उपस्थिती जनाउँदैछौं । काठमाण्डौं स्थानान्तरण यसको पहिलो सुरुवात हो,’ प्रमुख ढकालले भने ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाण्डौं महानगरपालिकासँगको सहकार्यमा ‘आफ्नो टोल आफैं सफा गरौं, धुलो रहित महानगरपालिका बनाऔं’ भन्ने नारा सहित सरसफाई तथा चेतना अभियानको आयोजना गरेको थियो । जस अन्तरगत आज काठमाण्डौंको लाजिम्पाटस्थित होटल एम्बेरसडरदेखि पानीपोखरी सडक खण्डमा सरसफाई कार्यक्रम गरेको हो । बैंकका सञ्चालक तथा ओम अस्पतालका बरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सरसफाई कार्यक्रममा सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।

आठ प्रतिशत व्याजमा नयाँ बचत खाता

बैंकले बैशाख १५ गतेबाट ८ प्रतिशत व्याजदरको नयाँ बचत योजना सुरु गरेको छ । ‘गरिमा शुभलाभ विशेष योजना’ नामक बचत योजनामा सहभागि हुने सेवाग्राहीले वार्षिक आठ प्रतिशत व्याज पाउने बैकले जनाएको छ ।

चालु आर्थिक वर्षको त्रैमासमा १३ अर्ब ३९ करोड ४५ लाख ७० हजार रुपैंया निक्षेप संकलन तथा १२ अर्ब नौ करोड चार लाख ९३ हजार रुपैंया कर्जा प्रवाह गरेको बैंकले २५ रुपैंया ५६ पैसा प्रतिसेयर आम्दानी बनाएको छ । यस क्रममा बैंकले खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७० प्रतिशतले बढाएर २४ करोड ८५ लाख ५२ हजार रुपैंया खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL