Logo

जगदम्बा स्टिल्सको राईनो टेक्निकल मिट सम्पन्न, अन्यभन्दा बढी लचकता

जगदम्बा स्टिल्सको राईनो टेक्निकल मिट सम्पन्न, अन्यभन्दा बढी लचकता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जगदम्बा स्टिल्सले एफइ ५०० डी ग्रेडमा राइनो स्टिल फलामे डण्डीको टेक्निकल मिट सम्पन्न गरेको छ । कम्पनीले आफ्नो उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न उपभोक्ताहरुका लागि टेक्निकल मिटको आयोजना गरको हो ।

राइनो ५०० डी नेपालमा भएको फलामे डण्डी भन्दा भिन्न र गुणस्तरीय भएको फलामे छड पहिलो पल्ट नेपालमा ल्याईएको जगदम्बा स्टिल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले जानकारी दिए । उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको सम्मिश्रण लगायत कारणले यो छड बजारमा उपलब्ध भएका अन्य उत्पादन छडहरु भन्दा विशेष र पृथक रहेको उनको दावी थियो ।

ग्रेड एफई ५०० डी मा कम्पनीले सल्फर र फोसफोरसको समिश्रणको अधिकतमम ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको छ । यसले गर्दा छड अत्याधिक मजबुत हुनुका साथै बजारमा पाइने डण्डि (एफइ ५०० ग्रेड) हरु भन्दा ३३ प्रतिशत बडि उच्च लचकताको सुनिश्चितता गर्ने कम्पनीको दावी छ ।

कम्पनीका अनुसार उच्च डक्टिलिटी/लचकता र शक्ति सहितको राइनो ५००डी उच्च भुकम्पिय जोखिम भएको हाम्रो देशका लागि अति उपयुक्त छ । कम्पनीको विशेष खुद्रा विक्रि केन्द्रमार्फत उपभोक्ताले ८ एमएम देखि ४० एमएम सम्मको साइज सहजै राइनो ५००डी फलामे डण्डी खरिद गर्न सक्नेछन् । निर्माण प्रक्रियामा प्रयोगका क्रममा खेर जाने मात्रा न्यूनिकरण तथा कार्यगत सहजताका लागि सबै फलामे छड निर्धारित १२ मिटर लम्बाईका साथ उपलब्ध गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL