Logo

जनचेतनामुलक सन्देश दिँदै शिवम सिमेन्ट, वीरगञ्जमा ‘नो कम्प्रोमाईज’ अभियान

जनचेतनामुलक सन्देश दिँदै शिवम सिमेन्ट, वीरगञ्जमा ‘नो कम्प्रोमाईज’ अभियान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शिवम सिमेन्ट आफ्नो सामाजिक उत्तरदायित्वलाई लिएर वीरगञ्ज पुगेको छ । यस अन्तर्गत शिवमले वीरगंजका प्रमुख चोकहरु, अस्पताल, पार्क, सडक लगायत विभिन्न ठाउँमा सन्देशमुलक ‘नो कम्प्रोमाईज’ प्लेकार्ड बोकेका व्याक्तिहरु उभ्याएको छ ।

सर्वसाधारणको दैनिक जीवनशैली र सोचमा सकारात्मक प्रभाव पार्न र मानिसहरुलाई जागरुक बनाउने उद्देश्यसहित साधारण तर संवेदनशील विषयहरु प्लेकार्डमा उठाइएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै बसपार्क, घण्टाघर र अन्य चौकहरुमा सडक अनुशासन र सुरक्षित यात्रा, जनस्वास्थ्य र दीर्घायु जीवनका लागि नारयणी अस्पतालमा स्वास्थ्य र घरिअर्वा पोखरीमा फिट्नेस्,आफ्नो शहरलाई सफा राख्न फोहोर ठाँउहरुमा सरसफाई र आफ्नो परम्परा तथा संस्कृतिलाई बचाउनमाई स्थानमा आस्था सम्बन्धित प्लेकार्डहरु राखिएका छन् ।

आजको यो व्यस्ततापूर्ण जीवन र बढ्दो शहरीकरणले गर्दा मानिसहरुले यी विषयहरुमा वेवस्ता गरेको पाइएको भन्दै जसरी शिवम् सिमेन्टले क्वालिटीको मामलामा कम्प्रोमाईज गर्दैन भन्ने सोचलाई अगाढी बढाउन लागेको हो । त्यस्तै मानिसहरुले पनि यी विषयहरुमा कम्प्रोमाईज गर्नु हुदैन भन्ने सोचलाई अगाडि बढाउँन यो ३ दिने कार्यकम राखिएको कम्पनीले जानकारी दिएकोछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL