Logo

चोकोफनलाई अन्तरराष्ट्रिय अवार्ड, ‘डिएलजी’ बाट सम्मानित

चोकोफनलाई अन्तरराष्ट्रिय अवार्ड, ‘डिएलजी’ बाट सम्मानित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली उत्पादन चोकोफनले अन्तरराष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेको छ । सुजल फुड्स प्रालि अन्तर्गतको चोकोफनले विश्वमै प्रतिष्ठित डिएलजी अवार्डको सम्मान प्राप्त गरेको हो ।

विगत १७वर्ष देखि उत्पादन हुँदै आएको चोकोफनले ख्याति प्राप्त डिएलजी सिल्भर अवार्ड प्राप्तिबाट यसको विश्वस्तरीय क्वालिटि अन्तराष्ट्रिय रुपमा प्रमाणित भएको छ । डिएलजी डोयचे ल्यण्डवीर्टसाफ्ट जेसेलसाफ्ट फ्रयांकफर्ट एम मेन जर्मनीदारा प्रदान गरिने अवार्ड हो ।

जुन सेनसरी परिक्षण पछि योग्य ठहरिएको र डिएजलीको कडा गुणस्तर मापदण्ड पूरा गर्ने “फुड एण्ड बेभरेज”लाई मात्र प्रदान गरिन्छ । वर्षेनी विश्वभरका २७ हजार भन्दा बढि ब्राण्ड तथा प्रोडक्टहरु यस अवार्डको प्राप्तिका निम्ति प्रतिस्पर्धा गर्ने गर्दछन् ।

कम्पनीले उपलब्धीबाट झनै प्रेरित भई भविष्यमापनिनिरन्तर उत्कृष्टता पस्कदै जाने प्रतिबद्धता व्यक्त गरेको छ । चोकोफनले आफ्नो ३ तहको क्रन्ची–क्रिस्पी वेफर, चकलेट क्रिमतथा स्वादिलो वाक्लो चकलेटमार्पmत नेपालमा स्वादकापारखीहरुलाई गुणस्तरीय मिठासको प्रस्तुती दिँदै आइरहेको छ ।

लक्ष्मी ग्रुपको भातृ संस्था सुजल फुड्स प्रालिले विगत चार दशकदेखि उत्कृष्ट गुणस्तरका कन्फेक्सनरी उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL