Logo

ओप्पोको नयाँ एफथ्री सार्वजनिक गरिदै, ग्रुप सेल्फिका लागि डुअल फ्रण्ट क्यामेरा

ओप्पोको नयाँ एफथ्री सार्वजनिक गरिदै, ग्रुप सेल्फिका लागि डुअल फ्रण्ट क्यामेरा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फी समेत लिन सक्नेछन् ।

नेपाललगायत भारत, भियतनाम, ईन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा अप्रिल १ बाट एफथ्री प्लसको फस्र्ट सेलको शुरुवात गरिएको थियो । सो समयेदेखि नै ओप्पोद्वारा गु्रप सेल्फी ट्रेण्डको शुरुवात गर्नुका साथै यसलाई बढावा दिइरहेको मानिन्छ ।

सार्वजनिक गर्ने तयारीमा रहेको एफथ्रीमा पनि एफथ्री प्लसमा झैँ डुअल फ्रण्ट क्यामेरालाई निरन्तरता दिइएको छ । डुअल सेल्फी क्यामेरा मध्य एक ब्यक्तिगत सेल्फीका लागि र अर्कोमा ग्रुप सेल्फीका लागि डिजाइन गरिएको वाइड एङ्गल क्यामेरा उपलब्ध गरिएको छ । साधारण सेल्फी क्यामेराका तुलनामा एफथ्रीमा यसमा दोब्बर फराकिलो फिल्ड अफ भ्यू उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । एफथ्रीमा प्रयोगकर्तालाई फोन चलाउँदा गुणस्तरिय तथा उत्कृष्ट अनुभवका माध्यमबाट सन्तुष्टि प्रदान गर्ने सोचका साथ उच्च प्रदर्शनी हार्डवेयर र अप्टिमाइज्ड सफ्टवेयरपनि उपलब्ध हुने जानकारी दिएको छ ।

नयाँ फोनको माध्यमबाट ओप्पोले भ्रमणमा निस्कँदा सेल्फी खिच्नका लागि सेल्फी स्टिक बोक्नै पर्ने झञ्झटबाट छुटकारा दिने उद्देश्य राखेको छ । ‘सेल्फी एक्स्पर्ट’ एफ सिरिज अन्तर्गतको नयाँ एफथ्रीमा उत्कृष्ट गु्रप सेल्फी, विकृति न्यूनिकरण (डिस्टोर्सन मिनिमाइजिङ) फिचर्स र ब्यूटिफाई फञ्शनलगायत सुविधा छन् । जसले सेल्फी क्रान्तिको अग्रणी तथा फोन क्यामेरा उद्योगको प्रतिनिधित्व गर्दै प्रयोगकर्तालाई फराकिलो ‘फिल्ड अफ भ्यू’को साथमा गु्रप सेल्फी लिन सघाउँछ ।
‘सेल्फी तथा गु्रप सेल्फीले विशेष गरी यूवा पुस्ताको सामाजिकिकरण तथा उनीहरुको अन्तरक्रिया गर्ने तरिकाको प्रतिनिधित्व गर्छ’, ओप्पोका उपाध्यक्ष तथा ईन्टरनेशनल मोबाइल बिजनेशका प्रबन्ध निर्देशक, स्काइ लीले भने ‘नयाँ सेल्फी एक्स्पर्ट एफथ्रीले सेल्फी तथा गु्रप सेल्फीलाई थप प्राकृतिक, सुन्दर र मुख्यतः तस्विर खिच्न थप सहजता प्रदान गर्नेछ ।’

एफथ्रीको साथमा नेपालमा पनि गु्रप सेल्फीको नयाँ ट्रेण्डको शुरुवात हुने आशा गरिएको छ । उत्कृष्ट सेल्फी तथा गु्रप सेल्फी अनुभव प्रदान गर्दै यसले प्रयोगकर्तालाई गु्रप सेल्फीको माध्यमबाट एक अर्काको थप नजिक ल्याउन सघाउने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL