Logo

सिभिल मल अब ‘फिक्स्ड प्राइस’ सपिङ सेन्टर, बार्गेनिङ झण्झटबाट मुक्त

सिभिल मल अब ‘फिक्स्ड प्राइस’ सपिङ सेन्टर, बार्गेनिङ झण्झटबाट मुक्त


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सुन्धारा स्थित सिभिल मलले ‘फिक्स्ड प्राइस’ सपिङ शुरु गरेको छ । मलले नयाँ वर्षको अवसर पारेर फिक्स्ड प्राइस शुरु गरेको हो ।

७ वर्ष अघि संचालनमा आएको सो मलले सामान खरिद गर्दा ग्राहकहरुले मोलतोल गर्ने झमेला व्यहोर्न नपरो भन्ने उद्देश्यले फिक्स्ड प्राइस संचालनमा ल्याएको जानकारी दिएको छ

मलमा मनोरञ्जन, खानपान, किनमेल र पार्किङको सुविधा सहित विश्व स्तरीय सिनेमाहल, बालबालिकाको लागि नेपालकै सबैभन्दा ठूलो ‘इण्डोर गेम जोन’ र विभिन्न स्वादको परिकार पाईने फूडकोर्ट समेत रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

फिक्स्ड प्राइस मल संचालन भएसँगै ग्राहकले वस्तु र सेवाको उपभोग अझै सहज रुपमागर्न सक्ने मल व्यवस्थापनको विश्वास रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL