Logo

एडिडासले ल्यायो पुरानो जुत्ता एक्सचेन्ज योजना, जुनसुकै ब्राण्डका जुत्ता पनि साटिने

एडिडासले ल्यायो पुरानो जुत्ता एक्सचेन्ज योजना, जुनसुकै ब्राण्डका जुत्ता पनि साटिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एडिडासले आफ्नो ‘रिफ्रेश योर गियर’ योजना पुनः सञ्चालनमा ल्याएको छ । एडिडासको नेपालको लागि एडिडास ब्रान्डका जुत्ताहरुको आधिकारिक बिक्रेता रुट्स फेशनले उक्त योजना संचालनमा ल्याएको हो ।

यो योजना अन्तरतग कुनै पनि ब्रान्डका लगाउन योग्य पुरानो जुत्ताको सट्टामा एडिडास ब्रान्डका जुत्ता खरिद गर्दा २ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म छुट पाउनेछन् । जस अन्तरगत ७ हजार रुपैयाँसम्मको जुत्ता खरिदमा २ हजार र सोभन्दा माथीको किन्दा ३ हजार रुपैयाँसम्म छुट उपलब्ध गराएको छ ।

कम्पनीले यस अघि संचालन गरेको कार्यक्रमबा आएका पुराना जुत्तालाई कर्णाली ग्रामीण प्रवद्र्घन तथा सामाजिक विकास पार्क, माईती नेपाल र न्यानो संसारलाई हस्तान्तरण गरेको थियो । यस वर्ष भने त्यसरी संकलित जुत्ता हरि रोकाया लाई प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । हरि रोकाया पश्चिम नेपालमा युवाहरु माझ खेलकुदमा सक्रिय रहेका छन् । उनी गिनिज बुक अफ वल्ड होल्ड पनि हुन ।

यो योजना चैत १९ गेतबाट शुरु भई एक महिनासम्म चल्नेछ योजना पुरुष तथा महिला स्पोर्टस जुत्ता बाहेकका अन्य जुत्ताहरु मात्र साटिने छ । तर चप्पल, हिल जुत्ता, छालाका जुत्ता, बच्चाका जुत्ता तथा लगाउन नमिल्ने जुत्ता भने नसाटिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL