Logo

३ पटक सर्किट ब्रेक लाग्दै बन्द भयो बजार, यस्तो छ बढ्नुका कारण

३ पटक सर्किट ब्रेक लाग्दै बन्द भयो बजार, यस्तो छ बढ्नुका कारण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक ३ पटक सक्रिट ब्रेक लाग्दै २ बजे अगाबै बन्द भएको छ । केही दिनयता उकालो लागेको नेप्से परिसचक आज पहिलो पटक ५ प्रतिशतले बढेर बन्द भएको हो ।
बजार खुलेदेखि उकालो लागेको बजार ३ घण्टाको बीचमा १ अर्ब ३८ करोड रुपैयाँको कारोवार भएको छ । तर, आज बजारमा जुन उछाल आयो त्यो एकदमै अपत्यारिलो भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ३ घण्टा खुलेको बजारमा २ घण्टा मात्र कारोबारको जुन रुपमा रकम बढ्यो त्यो एकदमै अप्रत्यासित भएको हो ।

laxmi

पछिल्लो समय तरलता समस्यामा केही सुधार आउनु र चुवानको वातवरण बन्दै जानुले पनि बजारमा प्रभाव वारेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्मराम घिमिरले बताउँछन् । ‘पछिल्लो समय बजारमा अवस्था हेर्दा केही बढ्ने ट्रेण्ड देखिएको छ,’ उनले भने, ‘तर, अहिले जुन रुपमाले बढेको छ त्यसले दिगोपना पाउँदैन ।’

बैंक तथा वित्तीय संस्थाले पहुँचवालालाई सेयरमा लगानी गर्न कर्जा प्रवाह गर्न थालेकाले पनि बजार उच्च रुपमा बढेको घिमिरेको तर्क छ । ‘बैंक भनेको सुखको साथी हो,’ उनले भने, ‘बढ्दो बजारमा उनीहरुले उच्च रुपमा लगानी गर्न थालेका छन् ।’ नेपाल राष्ट्र बैंकले सेयर तथा अनुत्पादक क्षेत्रमा लगानी नगर्न पटक–पटक निर्देशन दिएपनि फितलो अनुगमनका कारण बैंक तथा वित्तीय संस्थाले चोर बाटो अपनाएर लगानी गर्दै आएका छन् ।

बजार १ हजार ८ सय अंक पुग्दा बजारबाट वाहिरिएका लगानीकर्ताहरु पनि अहिले बजारमा प्रवेश गर्न थालेको एक लगानीकर्ताले बताए । लामो समय पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु अहिले बजारमा प्रवेश गरिरहेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

मंलबार बजार १ बजे ५८ मिनेट जाँदा ७६ दशमलव ७९ अंकले बढ्दै कारोवार बन्द भएको छ । जसमा सबै समुहका परिसुचक उच्च रुपमा उकालो लागेका छन् । बजारमा बीमा समुहको परिसुचक सबैभन्दा बढी ५ सय अंकले उकालो लागेको छ भने जलविद्युत समुह १ सय ६ अंकले उकालो लागेको छ ।

सेयर बजारमा प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि उच्च रुपमा बढको छ । बैंकिङ समुहको परिसुचक ७५ अंकले उकालो लाग्दा विकास बैंक समुह पनि झण्डै ८३ अंकले उकालो लागेको छ । बजारमा होटल समुह ७१ अंकले बढ्दा फाइनान्स ३८ अंकले उकालो लागेको छ ।

बजारमा कुल १ सय ४४ कम्पनीको २५ लाख ८१ हजार कित्ता सेयर खरिदविक्री भएको छ । मंगलबार उच्च कारोवार हुने कम्पनीको पहिलो स्थानमा नेपाल बंगलादेश बैंक रहेको छ । बंगलादेशको ९ करोड ४४ लाख रुपैयाँ बरावरको कारोवार हुँदा सानिमा बैंक दोस्रो स्थानमा रहँदै साढे ७ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL