Logo

६ मूख्य शहरमा रेनोल्टको एक्सचेन्ज कार्निभल, ८.९९% ब्याजमा फाइनान्स र एक्सचेन्ज

६ मूख्य शहरमा रेनोल्टको एक्सचेन्ज कार्निभल, ८.९९% ब्याजमा फाइनान्स र एक्सचेन्ज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एडभान्स अटो मोबाइल्स प्रालिले एक्सचेन्ज कार्निभल नेपालका मूख्य शहरहरुमा शुभारम्भ गरेको छ । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक सो कम्पनीले एक्सचेन्ज कार्निभल हाल संचालनमा रहेको नयाँ वर्षको अफर ‘रेनोल्ट वाउ’ अफर अब न्यु एअर जम्छ किनकि एक्सचेन्जमा दम छ नारासँग जोडिएर आयोजना गरेको हो ।

रेनोल्टको क्विड तथा डस्टर मोडलसँग एक्सचेन्जको सुविधा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यो अफर अन्तर्गत रेनोल्ट क्विड वा डस्टर एक्सचेन्ज वा खरिदमा न्यूनतम मासिक किस्ताबन्दिमा किन्न सकिनेछ ।

यसको लागि प्रति वर्ष ८ दशमलव ९९ प्रतिशतको ब्याज दरमा सहज फाइनान्स तथा एक्सचेन्जको सुविधा छ । त्यसैगरि नगद छुट, २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक करका साथै ५ वर्षसम्मको बिस्तारित वारेन्टी ग्राहकले प्राप्त गर्नुहुनेछ । यसमा रेनोल्ट डस्टरका लागि रु।२८ हजार २ सय र रेनोल्ट क्विडका लागि रु।१३ हजार ३ सय मासिक किस्ता तोकिएको छ ।

एक्सचेन्ज कार्निभल काठमाडौंमा चैत्र १६ गतेसम्म चल्ने छ । त्यसैगरि भैरहवा/बिर्तामोडमा चैत्र १५ गते सम्म, बुटवल/बिराटनगरमा चैत्र १६ गतेदेखि १८ सम्म, र नारायणघाट/पोखरामा चैत १९ गतेदेखि चैत २१ गतेसम्म आयोजना हुँदैछ ।

एक्सचेन्ज कार्निभलमा स्पट फाइनान्सिंग तथा एक्सचेन्जको सुविधा पनि उपलब्ध गरार्ईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL