Logo

आईएमएस ग्रूपले दियो पाँच विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक विकासमा योगदान

आईएमएस ग्रूपले दियो पाँच विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक विकासमा योगदान


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । आइएमएस ग्रुपले बुढानिलकण्ठ स्कुलका पाँच उच्च माध्यमिक तहका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । सो ग्रुप अन्तर्गतको कम्पनी डिएम फाउन्डेशनले छात्रवृत्ति प्रदाग गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुको शैक्षिक विकास तथा उनीहरुलाई जीवनमा सफल हुन हरेक सम्भव अवसरहरु प्रदान गर्न यो पहल गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको तर्फबाट डिएम फाउन्डेशनका निर्देशक जेनिसा दिकेश मल्होत्राले उक्त छात्रवृत्ति विद्यार्थीहरुलाई हस्तान्तरण गरेकी हुन् ।

समाजमा सकारात्मक प्रभाव पर्ने गरी केही फरक गर्ने भन्ने मूल उद्देश्य फाउन्डेशनको छ । फाउन्डेशन सधैं नै हरेक जीवनहरुलाई सहज बनाई तथा मानव क्षमता बढाई एउटा उत्कृष्ट समुदायको निर्माण गर्न कार्यरत छ । भविष्यमा पनि यस्ता कार्र्यक्रमहरु गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL