Logo

फ्लोरा एक्स्पो २०७३ चैत १७ देखि, ७५ लाख कारोवारको लक्ष्य

फ्लोरा एक्स्पो २०७३ चैत १७ देखि, ७५ लाख कारोवारको लक्ष्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय फ्लोरा एक्स्पो २०७३ चैत १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । एक्स्पो नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएशन नेपालले आयोजना गर्न लागेको हो ।

४ दिन सम्म चल्ने एक्स्पोमा २८ वटा अन्तरराष्ट्रिय स्टलसहित ९९ सय वटा स्टल रहने छन् । यसैगरि अफिसियल स्टलका लागि ७ वटा, प्रतियोगितात्मक प्रदर्शनीका लागि ३ वटा, ल्याण्डस्केपिङका लागि ४ वटा र व्यवसायीक स्टलका लागि ५७ वटा स्टल रहने आयोजकले जानकारी दिए । ‘शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय’ नाराका साथ शुरु हुने मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मललगायत रहने छन् ।

त्यस्तै फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहनेछन् ।

मेलामा पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुवीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने फ्यानले जानकारी दिएको छ । प्रतियोगिता हुने १० विधाहरुमा उत्कृष्ट मौसमी फूल,उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट ल्याण्डस्केप उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल, उत्कृष्ट कट फ्लावर (रोज), उत्कृष्ट कट फ्लावर (कार्नेशन), उत्कृष्ट कट फ्लावर (जरबेरा), उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस) रहेका छन् ।

यसैगरि २०४२ सालमा स्थापना भई निरन्तर कार्य गर्दै आएको महाराजगंज, काठमाण्डौ स्थित महर्जन नर्सरीलाई कदर–पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।

प्रबिधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरियालगायत मुलुकबाट पुष्प व्यवसायीहरु मेलामा सहभागी हुने मेला संयोजक तथा बरिष्ठ उपाध्यक्ष दिलिप बादेले जानकारी दिए ।

एक्स्पो अबधि भरमा ६५ हजार अवलोकनकर्ता तथा ७५ लाख बराबरको कारोबार हुने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL