Logo

किन बोलायो अपि पावरले विशेष साधारणसभा, यस्तो छ रहस्य !

किन बोलायो अपि पावरले विशेष साधारणसभा, यस्तो छ रहस्य !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अपि पावर कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले जारी गर्न लागेको १ बरावर २ को अनुपातको हकप्रद सेयर पारित गराउनका लागि विशेष साधारण सभा बोलाएको हो ।

कम्पनीले विशेष साधारणसभा बोलाउने विषयमा आजै मात्र नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी दिएको छ । कम्पनीले केही समय अघि पूँजी बृद्धिका लागि हकप्रद जारी गर्ने निर्णय गरेको थियो । तर, नेपाल धितोपत्र बोर्डले हकप्रद जारीका लागि विभिन्न प्रक्रिया पुरा गर्न निर्देशन दिएसँगै पुनः हकप्रद जारीको लागि कम्पनीले विशेष साधारण सभा वोलाएको हो ।

कम्पनीले यही चैत २८ गतेका लागि विशेष साधारण सभा बोलाएको हो । जसका लागि कम्पनीले यही १५ गतेदेखि २८ गतेसम्मका लागि बुक क्लोज समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL