Logo

१८ अंकले बढ्यो नेप्से परिसुचक, अधिकांश समुह उकालो लाग्दा १ अर्व ३७ लाखको कारोवार

१८ अंकले बढ्यो नेप्से परिसुचक, अधिकांश समुह उकालो लाग्दा १ अर्व ३७ लाखको कारोवार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । लामो समयपछि बुधवार नेप्से परिसुचक १५ सय माथि पुगेको छ । बजार खुलेको केही समयपछि झण्डै १५ सय १३ अंकमा पुगेको सूचक अन्ततः १४ सय ८१ मा फर्केर रोकिएको छ । सो दिन नेप्से १८ दशमलव ८५ अंकले बढेको छ ।

बुधवार बीमा बाहेक अन्य समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक परिवर्तन भएको देखिन्छ । सो दिन विकास बैंक समुहको परिसुचक सवैभन्दा बढी ४० दशमलव ३८ अंकले बढेको छ । त्यस्तै बैंकिङ समुह २५ दशमलव ५५ र जलविद्युत समुह २५ अंकले बढेको छ ।

त्यस्तै फाइनान्स समुह ८ दशमलव ५६,होटल ३ दशमलव ७५ र अन्य समुह २ दशमलव ९ अंकले बढेको छ । यता बीमा समुहको परिसुचक भने ८८ दशमलव ६२ अंकले ओरालो लागेको छ ।

बुधवार सानिमा बैंकको सवैभन्दा बढी ७ करोड २० लाख बराबरको कारोवार भएको छ । बुधवार १ सय ४५ ओटा कम्पनी कारोवारमा आएकोमा २५ लाख ११ हजार कित्ता सेयर किनवेच भएको छ । जसबाट १ अर्व ३७ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL