Logo

सुजुकीले ल्यायो एक्सचेन्ज योजना, ८ दशमलव ९९ प्रतिशत व्याजदरमा फाइनान्स

सुजुकीले ल्यायो एक्सचेन्ज योजना, ८ दशमलव ९९ प्रतिशत व्याजदरमा फाइनान्स


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सुजुकी मोटरको आधिकारिक विक्रेता सीजी मोटोकर्पले तीन दिने सुजुकी एक्सचेन्ज मेला २०७३ योजना ल्याएको छ । यस तीन दिने योजना मार्फत  ग्राहकलाई झन्झट मुक्त कागजपत्र, सरल र कम किस्ताबन्धीको व्यवस्था, ८.९९ प्रतिशत न्युन व्याजदरमा फाईनान्स सुविधा उपलब्ध गराएको छ ।

साथै पुनबिक्री सुविधा, सरल एक्सचेन्ज , एकसचेन्ज बोनस, निःशुल्क २ वर्ष सर्भिसिङ र ४ वर्ष वारेन्टिको सुविधा प्राप्त गर्न सकिने छ ।

कम्पनी अनुसार यो योजना सबै मोडलका गाडीहरुमा काठमाडौं उपत्यका भित्रका सम्पूर्ण सोरुमबाट सेवा लिन सकिन्छ । विशेष अफर अन्तर्गत व्रिज्जा जेडीआई मोडलमा ३९ लाख ४९ लाख विक्री मूल्य तोकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL