Logo

बजाजले ल्यायो नयाँ वर्ष योजना, नेपाल भ्रमणको लागि दैनिक ७४ हजार प्रदान

बजाजले ल्यायो नयाँ वर्ष योजना, नेपाल भ्रमणको लागि दैनिक ७४ हजार प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजाज मोटरसाइकलले नयाँ वर्षलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ । बजाजको नेपालका लागि अधिकृत बितरक हंसराज एण्ड हुलासचन्दले नयाँ वर्ष २०७४ को योजना अनुरुप ‘सुन्दर रमणीय नेपाल’ सार्वजनिक गरेको हो । कम्पनीले ‘घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ नारासहित उक्त योजना सार्वजनिक गरेको हो ।

सुन्दर रमणीय नेपाल अभियानले नागरिकहरुवीचमा यसको भावनालाई प्रबद्र्धन गर्नुका साथै एकआपसमा जोड्ने लक्ष्य सहित नयाँ योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यो योजनाको ‘७ हजार ४ सय रुपैयाँ स्योर सट अफर’ स्कीम अन्तर्गत कुनै पनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७ हजार ४ सय रुपैयाँ नगद छुट पाउनेछन् । यस्तै लक्की ड्रमार्फत दैनिक रुपमा एक जनाले नेपालको विभिन्न भुभाग भ्रमणका लागि ७४ हजार रुपैयाँ तित्नेछन् । दैनिक लक्की ड्रको घोषणा एभेन्यूज टेलिभिजनमार्फत बेलुकीको ८ बजेको समाचारपछि गरिने समेत कम्पनीले जानकारी दिएको छ ।

यो अभियानले मानिसहरुलाई नेपालको सुन्दर र मनोरम विविध भूगोलसँग एकआपसमा जोड्नका लागि सहयोग गर्ने हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक, शेखर गोल्छाले बताए । ‘हामी निश्चिन्त छौं कि सुन्दर रमणीय नेपाल स्कीमले समस्त नेपालीहरुलाई नेपालको प्राकृतिक सौन्दर्यका बारेमा थाहा पाउन र अनुभव हासिल गर्न सहयोग पुग्नेछ,’ उनले भने, ‘हामी सँधै हाम्रा महत्वपूर्ण ग्राहकहरुका लागि रोमाञ्चक र सजिलो स्कीमहरु ल्याउन प्रतिबद्ध छौं र नयाँवर्ष यसको लागि सबैभन्दा उपयुक्त समय हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL