Logo

‘रेनोल्ट वाउ अफर’ सार्वजनिक, मासिक १३ हजारमा गाडी, ९ प्रतिशत ब्याज

‘रेनोल्ट वाउ अफर’ सार्वजनिक, मासिक १३ हजारमा गाडी, ९ प्रतिशत ब्याज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदर लिएर पनि हायर पर्चेज कर्जा नदिइरहेको बेलामा रेनोल्ट गाडीले भने नयाँ अफर सार्वजनिक गरेको छ । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक विशाल ग्रूप अन्तरगतको एडभान्स अटो मोबाइल्सले रेनोल्ट वाउ अफर सार्वजनिक गरेको हो ।

एड्भान्स मोटर्सले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो । कम्पनीले ‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ ईयर, नउ ड्राइभ दि क्विड अर डस्टर एट लोएस्ट ईएमआई एभर’ नारा सहित उक्त अफर सार्वजनिक गरेको हो ।

नयाँ वर्षलाई लक्षित गरेर सार्वजनि गरिएको यो योजना यहि सातादेखि लागू गरिएको छ । यस योजना अन्तरगत न्यून मासिक शुल्कमा रेनोल्टका क्विड र डस्टर गाडी खरिद गर्न सक्नेछन् । जस अन्तरगत क्विडको मासिक किस्ता २८ हजार २ सय रुपैयाँ र डस्टरको १३ हजार ३ सय ५७ रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले मासिक १४ प्रतिशतभन्दा बढी ब्याज लिइरहेको अवस्थामा कम्पनीले ८ दशमलव ९९ प्रतिशत वार्षिक ब्याज दरमा फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ ।

सजिलो तथा सहज फाइनान्स सुविधाका साथै दुई वर्षको निशुल्क सर्भिस, एक बर्षको निशुल्क सडक कर, सजिलो एक्सचेन्ज सुविधा तथा अतिरिक्त नगद छुटको व्यवस्था समेत रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उक्त गाडीहरुमा पाँच बर्षको वारेन्टी समेत रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL