Logo

सिजिको एस्ट्रो सिरिज बजारमा, २५ सयको मोवाइलमा ३६ सय एमएएचको ब्याट्रि

सिजिको एस्ट्रो सिरिज बजारमा, २५ सयको मोवाइलमा ३६ सय एमएएचको ब्याट्रि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिजि मोवाइलले एस्ट्रो सिरिजको नयाँ मोडलको मोवाइल नेपाली बजारमा ल्याएको छ । सिजिले उक्त सिरिजको एस्ट्रो टर्च बजारमा ल्याएको हो ।

बजार मूल्य २ हजार ५ सय रुपैयाँ रहेको सो मोवाइलमा ३ हजार ६ सय एमएएचको ब्याट्रि रहेको छ । सो मोवाइलमा ३ वटा एलईडी बल्ब भएको टर्च रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

मोवाइलमा वायरलेस एफएम, क्यामेरा, एमपिथ्री, एमपिफोर, ब्लुतुथलगायतका सुविधाहरु रहेका छन् । मोवाइलले हालसम्मकै सबैभन्दा बढी २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL