Logo

‘हुन्डाई फेसटिभ डिलाइट’को विजेता घोषणा, क्रियटिभ टचले आई i20 र खड्कालाई क्रेटा गाडी

‘हुन्डाई फेसटिभ डिलाइट’को विजेता घोषणा, क्रियटिभ टचले आई i20 र खड्कालाई क्रेटा गाडी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट’ अफरको विजेता घोषणा गरेको छ ।

यो योजनाको बम्पर उपहार अन्तरगत कुपन नम्बर ११०१ को क्रिएटिभ टच गार्मेन्ट ईन्डस्ट्रिजे हुन्डाई इलाईट i20 गाडी प्राप्त गरेको छ भने भने कुपन नम्बर १७६८ का धरान निवासी नेत्रबहादुर खड्काले हुन्डाई क्रेटा गाडी जितेका छन् ।

सो अफर अन्तरगत हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा सुविधा प्राप्त गरेका थिए । साथै एक सय जना भाग्याशाली विजेताले एक(एक तोला सुन प्राप्त गरेका छन् ।

उक्त अफरको हिमालयन टेलिभिनबाट प्रत्यक्ष प्रशारण गरी लक्की ड्रमार्फत विजेता धोषणा गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल र २०१६ को मिस नेपाल अस्मी श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL