Logo

नेप्से साढे १२ अंकले बढ्दा ४१ करोडको कारोवार, कसले किन्यो कुमारी बैंकको १० करोडको सेयर ?

नेप्से साढे १२ अंकले बढ्दा ४१ करोडको कारोवार, कसले किन्यो कुमारी बैंकको १० करोडको सेयर ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक १२ दशमलव ६१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय २९ दशमलव ४१ अंकमा पुगेर बन्द भएको हो ।
बिहीवार कारोवारमा आएको अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

सो दिन होटल समुह सवैभन्दा बढी १ सय १३ दशमलव ९६,वीमा ९५ दशमलव १३,जलविद्युत २९ दशमलव ६१ र बैंकिङ समुह ११ दशमलव ९१ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक १० दशमलव २४र फाइनान्स समुहको परिसुचक४ अंकले बढेको छ ।

यता उत्पादन र अन्य समुह क्रमशः२ दशमलव २७ र ५ दशमलव २ अंकले ओरालो लागेको छ । बिहीवार कुमारी बैंक लिमिटेडको १० करोड ६९ लाखको कारोवार भएको छ । सो दिन १ सय ३४ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ९ लाख कित्ता सेयरबाट ४१ करोड ११ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL